टी२० आई त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनीविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो।
नेपालले आजको खेलमा नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरेको छ। नेपालले कुशल मल्लको स्थानमा आदिल अन्सारीलाई मौका दिएको छ। आदिलको यो नेपाली टोलीमा डेब्यु खेल हो।
सिरिजमा पीएनजी पहिलो जितको खोजीमा हुँदा नेपाल लगातार तेस्रो जित निकाल्दै एक खेल अगावै फाइनल पुग्ने लक्ष्यमा छ।
नेपालले पहिलो खेलमा पीएनजीलाई १५ रनले हराएको थियो। दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो।
36
Shares
प्रतिक्रिया