ad ad

खेल


आईपीएलः कोलकातामाथि बेंग्लोरको जित

आईपीएलः कोलकातामाथि बेंग्लोरको जित

नेपालखबर
चैत १७, २०७८ बिहिबार ७:२५, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)को बुधबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंग्लोरले कोलकाता नाइट राइडर्समागि ३ विकेटको जित हात पारेको छ।

पहिला ब्याटिङ गरेको कोलकाताले १८ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १२८ रन बनाएको थियो। 

कोलकातालाई सस्तैमा रोक्ने क्रममा बेंग्लोरका वानिदु हसरंगा डि सिल्भाले ४ विकेट दिए भने आकाश दीपले ३ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको बेंग्लोरले १९ ओभर २ बल खेल्दै लक्ष्य पूरा गर्‍यो। 

बेंग्लोरले दोस्रो खेलबाट पहिलो जित हात पार्दै महत्वपूर्ण २ अंक जोडेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .