त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत मलेसियासँग नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुन गइरहेको खेलमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो।
नेपालको आजको टोलीमा एक परिवर्तन गरिएको छ।
आजको खेलमा लोकेश बमको स्थानमा दिलिप नाथले डेब्यु गरेका छन्।
यसअघि मंगलबार भएको खेलमा मलेसियाले पपुवा न्युगिनी(पीएनजी)लाई हराएको थियो।
27
Shares
प्रतिक्रिया