ad ad

खेल


घाना र क्यामरुन विश्वकपमा छनोट

घाना र क्यामरुन विश्वकपमा छनोट

नेपालखबर
चैत १६, २०७८ बुधबार ६:४१, काठमाडौँ

घाना र क्यामरुनले फिफा विश्वकप २०२२ को लागि आफ्नो स्थान सुरक्षित गरेका छन्।

विश्वकप छनोटअन्तर्गतको तेस्रो चरणको खेलमा प्रतिस्पर्धी टोलीलाई अवे गोलमा पछि पार्दै यी दुई टोलीले विश्वकपमा स्थान बनाएका हुन्।

मंगलबार भएको खेलमा घानाले नाइजेरियासँग १–१ को बराबरी खेलेको थियो। पहिलो लेगमा उनीहरुबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो।

त्यसैले अवे गोलको आधारमा घाना विश्वकपमा छानिएको हो। 

त्यस्तै क्यामरुनले पनि अवे गोलको आधारमा अल्जेरियालाई पछि पार्दै विश्वकपमा स्थान बनाएको हो।

यसअघि पहिलो लेगमा अल्जेरियासँग १–० गोल अन्तरले हारेको क्यामरुनले मंगलबारको खेलमा २–१ गोल अन्तरको जित हात पारेको हो।

मंगलबारको खेलमा मोरोक्को र ट्युनिसियाले पनि आ–आफ्नो खेलमा जित हात पार्दै विश्वकपमा स्थान पक्का गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .