त्रिकोणात्मक टी–२० आई सिरिजमा पपुवा न्युगिनी (पीएनजी) ले लगातार दोस्रो हार व्यहोरेको छ।
पहिलो खेलमा नेपालसँग १५ रनले पराजित भएको पीएनजी दोस्रो खेलमा मलेसियासँग ८ रनले पराजित भयो। मलेसियाले भोलि बुधबार नेपालसँग खेल्नेछ।
मलेसियाले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको पीएनजीले ३ बल बाँकी रहँदा १ सय ७२ रनमा अलआउट भयो।
पीएनजीका लागि टोनी उराले सर्वाधिक ५६ रन बनाए। ३५ बलको सामना गरेका उराले ७ चौका र २ छौका हाने। नर्मन भानुवाले ४५ रन थपे।
सिमोन अटाईले १७ र कप्तान असाद भालाले ११ रन जोड्न बाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।
पीएनजीलाई कम स्कोरमा रोक्न मलेसियाका सर्भिन मुनियाण्डी एक्लैले ४ विकेट झारे। ३ दशमलव ३ ओभर बलिङ गरेका उनले ३२ रन खर्चे।
मुहम्म्द वाफिक र पवन दिप सिंहले समान ३ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८० रनको योगफल तयार पारेको थियो।
ओपनर विरनदीपसिंह ५९ रनमा नटआउट रहे। उनले ५२ बलमा २ चौका र २ छक्का प्रहार गरे। कप्तान अहमद फैजले ५६ रन थपे। ३७ बलमा ५ चौका र ३ छक्का हाने।
दोस्रो विकेटका लागि अहमद फैज र विरनदीप सिंहले ९५ रनको साझेदारी गरे। सैद अजिज ४७ रन जोडे। पपुवा न्युगिनीका नर्मन भानुवाले २ विकेट लिए। नोसैना पोकनाले १ विकेट लिए।
Shares
प्रतिक्रिया