ad ad

खेल


सूर्य नेपाल वेस्टर्न अ‍ोपन भोलिदेखि

सूर्य नेपाल वेस्टर्न अ‍ोपन भोलिदेखि

नेपालखबर
चैत १५, २०७८ मंगलबार १५:३८, काठमाडौँ

सूर्य नेपाल गल्फ टुर २०२१/०२२ अन्तर्गत सिजनको पाँचौँ इभेन्ट सूर्य नेपाल वेस्टर्न अ‍ोपन हिमालयन गल्फ कोर्स, पोखरामा आयोजना हुँदै छ। 

प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सूर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता ३० मार्चदेखि १ अप्रिलसम्म हुनेछ।

५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहनेछ । इभेन्टको अन्तिम दिन २ अप्रिल शनिबार प्रोएम इभेन्ट हुनेछ। 

नेपालभरका व्यावसायिक गल्फरले माछापुच्छ्रे शिखरको काखमा मनमोहक दृश्यसहितको गल्फ कोर्समा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको कुल पुरस्कार रकम ७ लाख ७५ हजार रुपैयाँ रहेको छ। विजेताले १ लाख ३५ हजार, उपविजेताले ८८ हजार तथा तेस्रो स्थान हासिल गर्नेले ६५ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् । याेपालि पुरस्कार राशीमा ५ प्रतिशतले वृद्धि गरिएको हो। 

भुवन नगरकोटी, संजय लामा, धनबहादुर थापा र रामे मगर प्रतियोगिताका दावेदार हुन् । एमेच्योरतर्फ १३औँ सागका दोहोरो स्वर्णविजेता सुभाष तामाङ र अजित विक उच्च लयमा छन् ।

हिमालयन गल्फ कोर्स प्रतियोगिता आयोजनाका लागि तयार अवस्थामा छ। पार ६९ को कोर्स १६ होलको रहेको छ र सुरुवाती २ होल दोहोरिने प्रावधान छ। 

यस कोर्सलाई विश्व प्रसिद्ध गल्फ डाइजेस्ट म्यागजिनले विश्वकै साहसिक कोर्समा समावेश गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .