ad ad

खेल


पीएनजीलाई नेपालले दियो १८४ रनको लक्ष्य

पीएनजीलाई नेपालले दियो १८४ रनको लक्ष्य

नेपालखबर
चैत १४, २०७८ सोमबार १४:१, काठमाडौँ

पपुवा न्युगिनीसँगको पहिलो टि २० अन्तर्राष्टिय त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले १ सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ।  

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रनको योगफल तयार पारेको हो। 

दोस्रो विकेटका लागि आशिफ शेख र रोहित पौडेलले ८० रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। 

ओपनर आशिफ शेख ४३ रन बनाउँदा क्याच आउट भए। ३५ बलको सामना गरेका आशिफले ५ चौका र १ छक्का हाने। रोहित पौडेल ३४ रन थप्दै पवेलियन फर्के। २६ बलमा २ चौका र १ छक्का हाने। 

अर्का ओपनर कुशल भुर्तेल २० रन बनाउँदा रन आउट भए। ११ बलमा कुशलले ३ चौका र १ छक्का हान्दै २० रन बनाएका थिए। करण केसी १४ रन थप्दै पवेलियन फर्के।

७ बलको सामना गरेका करणले २ छक्का प्रहार गरे। १८ औँ ओभरको पहिलो बलमा लामो सट खेल्ने धुनमा हुँदा करण क्याच आउट भए। आरिफ शेख ३१ रनमा पवेलियन फर्के। २२ बलमा ३ चौका र २ छक्का हाने। 

कुशल मल्ल ११ र लोकेश बम ५ र दिपेन्द्रसिंह ऐरि ४ र सोमपाल कामी १ रन थप्दै आउट भए। 

कप्तान सन्दीप लामिछाने १  अविरनास बोहोरा १ रनमा नटआउट रहे। 

पीएनजीका चार्लेस एमिनी र एलि नाओले समान दुई विकेट लिए। चाड सोपर, नोर्मान र रिलेले समान १ विकेट आफ्नो नाममा गरे। 

सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले बिहिबार मलेसियासाग खेल्नेछ। बुधबार पीएनजी र मलेसिया खेल्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .