ad ad

खेल


आईपीएलः पञ्जाबसँग हार्‍यो बेंग्लोर

आईपीएलः पञ्जाबसँग हार्‍यो बेंग्लोर

नेपालखबर
चैत १४, २०७८ सोमबार ७:५३, काठमाडौँ

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आइतबार भएको खेलमा पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बेंग्लोरमाथि ५ विकेटको जित हात पारेको छ।

पहिला ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २०५ रन बनाएको थियो।

बेंग्लोरका लागि फाफ डु प्लेसिसले ८८ रन बनाएका थिए भने विराट कोहलीले ४१ रन बनाए।

विशाल लक्ष्य पछ्याएको पञ्जाबले १९ ओभरमा नै ५ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो।

पञ्जाबका लागि शिखर धवन र भानुका राजपाक्षले ४३ रन बनाएका थिए। त्यस्तै मयांक अग्रवालले ३२ रन बनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .