ad ad

खेल


छैटौँ राजर्षि जनक कप : मछिन्द्रलाई हराउँदै मोफसलको पिल्ले बन्यो बिजेता

छैटौँ राजर्षि जनक कप : मछिन्द्रलाई हराउँदै मोफसलको पिल्ले बन्यो बिजेता

नेपालखबर
चैत १३, २०७८ आइतबार १९:३७, काठमाडौँ

छैटौँ राजर्षि जनक कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको फाइनल खेलमा मछिन्द्र फुटबल क्लव, काठमाडौंलाई हराउँदै मोफसलको पिप्ले युवा क्लब, हेटौँडा विजयी भएको छ।

जितसँगै पिप्लेले १० लाख रुपैयाँ प्राप्त गरेको छ भने मछिन्द्रले पाँच लाख रुपैयाँमै चित्त बुझाएको छ। 

सर्लाहीको बागमती नगरपालिका र बागमती युवा क्लवको संयुक्त आयोजनामा कर्मैयाको फुटबल मैदानमा भएको खेलमा साविक विजेता पिप्लेले ए डिभिजन लिग खेल्ने मछिन्द्रलाई ट्राइबेकरमा पराजित गरेको हो। 

निर्धारित समयमा दुबै टोलीले कुनै पनि गोल नगरेपछि खेलको निर्णय ट्राइबेकरमार्फत् गरिएको थियो। निर्धारित समय सकिँदा साँझ परेपछि समय थप नगरी रेफ्रीले खेललाई सिधै ट्राइबेकरमा लगेका हुन्।

ट्राइबेकरमा पिल्लेले चार गोल गर्दा मछिन्द्रले तीन गोल मात्रै फर्काउन सक्यो। मछिन्द्रका खेलाडी विमल घर्ती मगर पेनाल्टीमै चुकेका छन्।  

यसअघि पिप्लेले क्वार्टरफाइनलमा हिमालयन शेर्पा र सेमिफाइनलमा आयोजक बागमती युवा क्लबलाई पराजित गरेको थियो।

 ‘ए’ डिभिजन लिग विजेता मछिन्द्रले क्वार्टरफाइनलमा विदेशी पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुन र सेमिफाइनलमा सुदूरपश्चिम– ११ धनगढीलाई  थियो। मछिन्द्रमा विमल घर्ती मगर, सुजल श्रेष्ठ, गोलरक्षक विशाल श्रेष्ठसहित राष्ट्रिय टोलीमा सहभागी भइसकेका खेलाडी थिए।

प्रतियोगितामा विभागीय ‘ए’ डिभिजन, विदेशी पाहुना र आयोजक टोलीसमेत गरी १२ टोलीले सहभागिता जनाएका थिए। 

प्रतियोगिताको समापन समारोहमा सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई जनही २५–२५ हजार तथा प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिकाभित्रका एक खेलाडीले मोटरसाइकल प्राप्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .