खेल


राष्ट्रिय फुटबल टोलीद्वारा थाइल्याण्डमा दुवै खेलमा हार

राष्ट्रिय फुटबल टोलीद्वारा थाइल्याण्डमा दुवै खेलमा हार

नेपालखबर
चैत १३, २०७८ आइतबार १७:४७, काठमाडौँ

थाइल्याण्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले दुवै मैत्रीपूर्ण खेलमा हार व्यहोरेको छ।  

एएफसी एसिया कप छनोट तेस्रो चरणको तयारीमा रहेको राष्ट्रिय फुटबल टोली थाइल्याण्डको चोनबुरी एफसीसँग ३–१ ले पराजित भएको हो। 

पहिलो हाफमा १–० ले पछि परेको राष्ट्रिय टोलीले दोस्रो हाफमा १ गोल खान पुग्यो। 

राष्ट्रिय टोलीका अधिकांश खेलाडीलाई आराम दिइएको टोलीको कप्तानी अनन्त तामाङले गरेका थिए। टोलीको गोलपोष्ट भने दिप कार्कीले सम्हालेका थिए। 

नेपाली टोलीका लागि खेलको ८३ औँ मिनेटमा दर्शन गुरुङले एक गोल फर्काए। 

थाइल्याण्डको क्लबसँगको यो खेलले अन्तर्राष्टिय मान्यता भने पाउने छैन। 

नेपाली राष्ट्रिय टोलीले यसअघि थाइल्याण्डको राष्ट्रिय टोलीसँगको मैत्रीपूर्ण अन्तर्राष्टिय खेलमा  २–० ले पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad