ad ad

खेल


मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिता चैत २० देखि

मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिता चैत २० देखि

नेपालखबर
चैत १३, २०७८ आइतबार १७:१०, काठमाडौँ

मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिता आगामी चैत २० गतेदेखि हुने भएको छ।

नेसनल किक बक्सिङ एसोसियसनले आइतबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरि १० टोली सहभागी हुने जानकारी गराएको छ।

प्रतियोगितामा २ सय जना खेलाडीले विभिन्न तौल समूहमा स्पर्धा गर्नेछन्। फुल कन्ट्रयाक्ट पुरुष तथा के वन, लो किकतर्फ ५१ केजी, ५४, ५७, ६०, ६३, ६६, ६९ र ७३ केजी मुनिको तौल समूह र खुला तौल समूहमा स्पर्धा हुनेछ। 

स्कोरिक फाइट पुरुषतर्फ ४७ केजी, ५२ केजी, ५७ केजी, ६३ केजी, ७० केजी मुनि र खुल्ला तौल समूह तथा महिलातर्फ ४७ केजी, ५२ केजी, ५७ केजी, ६३ केजी र ६३ केजी मुनि र खुल्ला तौल समूहमा स्पर्धा हुनेछ। 

लाइट कन्ट्याक्ट पुरुषतर्फ ५१ केजी, ४४ केजी, ५६ केजी, ६० केजी, ६३ केजी, ६७ केजी मुन र खुल्ला तौल समूहमा तथा महिलातर्फ ४५ केजी ४८ केजी, ५१ केजी, ५४ केजी, ५६ केजी, ६० केजी तौल मुनि र खुल्ला तौल समूहमा स्पर्धा हुनेछ। प्रत्येक तौल समूहमा २–२ जनाले भाग लिनेछन्। 

प्रतियोगिताका आयोजना गर्न १० लाख ५० हजार ४ सय ५० खर्च लाग्ने आयोजकले अनुमान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .