ad ad

खेल


हिमालयन मोटरल्यान्डमा ‘नेपाल रेसर कप’को रौनक, कस–कसले जिते?

हिमालयन मोटरल्यान्डमा ‘नेपाल रेसर कप’को रौनक, कस–कसले जिते?

नेपालखबर
चैत १३, २०७८ आइतबार १६:५८, काठमाडौँ

धुलिखेलको हिमालयन मोटरल्यान्डमा विगत तीन दिनसम्म फरक प्रकारको रौनकता देखियो। 

विभिन्न ब्रान्डका बाइकमा सवार राइडरहरुले हिमालयन मोटरल्यान्डको सर्किटमा तीव्र गतिमा बाइक हुँइक्याउँदा धेरैको ध्यान त्यतैतिर तान्न सफल भयो। 

उक्त हिमालयन मोटरल्यान्डमा बाइक रेसिङ प्रतियोगिता ‘नेपाल रेसर कप २०२२’ सम्पन्न भएको छ। तीन दिन सम्म विभिन्न प्रकारको छनोट खेल पश्चात सो प्रतियोगिताको फाइनल खेल शनिबार सम्पन्न भएको हो। 

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) को सहयोगमा मोटर स्पोर्ट्स नेपालले आयोजना गरेको सो मोटरसाइकल रेसिङ प्रतियोगिताको फाइनल खेलमा १५० सीसीतर्फ सन्दीप घिमिरे विजेता बने भने सुजन थापा मगर र महेश राना मगरले दोस्रो र तेस्रो स्थान हासिल गरे।

त्यसैगरी २०० सीसीतर्फ राजकुमार कार्की विजेता बने भने विवेश श्रेष्ठ र भिम होनाले क्रमशः दोस्रो तर तेस्रो स्थान हासिल गरे। 

१५० सीसी अन्तर्गत १५० देखि १८० सीसी सम्म र २५० सीसी अन्तर्गत २०० देखि २२० सीसी सम्मका बाइक राइडर सहभागी थिए। १५० सीसीमा ४८ जना र २०० सीसीमा २४ जना प्रतियोगीले भाग लिएका थिए। 

विजेताहरुलाई नासाका प्रमुख सल्लाहकार गोविन्द भट्टराई, अध्यक्ष दशरथ रिसाल र महासचिव सुशील तण्डुकारका साथै नासाका अन्य पदाधिकारीहरु आशिष लामिछाने र सन्तोष न्यौपानेका साथै विभिन्न कम्पनीका पदाधिकारीहरु र मोटर स्पोर्ट्स नेपालका अध्यक्ष विनोद तण्डुकारले पुरस्कार वितरण गरेका थिए।

सो प्रतियोगिताको सह–प्रायोजक कवच राइडिङ गियर रहेको थियो भने अफिसियल पार्टनर डर्ट टेम्पल रहेको थियो। त्यसैगरी लुब्रिकेन्ट पार्टनर भिडोल लुब्रिकेन्ट, टेक्निकल पार्टनर द इन्जिन्स, पर्फमेन्स हाउस  र मोटो टेक नेपाल रहेका थिए। 

मेडिकल पार्टनर धुलिखेल हस्पिटल र नेपाल रेडक्रस सोसाइटी थिए। 

मिडिया पार्टनरमा अटो नेपाल र अटोमोबाइल म्यागजिनका साथै नेपाल अटो डटकम रहेका थिए भने क्यास्ट्रोल, लिक्विमोली, पेट्रोनस, गल्फ र रेप्सोल लुब्रिकेन्टको समेत सहयोग रहेको थियो। बेनेली बाइक, इक्विपमेन्ट आयातकर्ता हिट्को प्रालि, हेल्मेट र विभिन्न पार्ट्स आयातकर्ता पौडेल इन्टरप्राइजेज र जेनिस पेन्ट्सको समेत सहयोग रहेको थियो। 

लकडाउनपश्चात् पहिलो पटक राष्ट्रिय स्तरमा आयोजना गरिएको प्रतियोगितामा उत्साहजनक रुपमा राइडरहरुको सहभागिता रहेको थियो।

यस प्रकारको राइडिङ प्रतियोगिताले मोटर स्पोर्ट्स क्रेजलाई बढाउन महत्वपूर्ण भूमिका खेल्ने र पर्यटन प्रवद्र्धनमा समेत सहयोग पु¥याउने बताइएको छ। आगामी दिनमा यस प्रकारका मोटर स्पोर्ट्स इभेन्ट अझै बढ्ने अपेक्षा गर्न सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .