ad ad

खेल


राष्ट्रिय कराते प्रतियोगितालाई सम्झना ल्याबको मुख्य प्रायोजन, ८४ पदकका लागि प्रतिस्पर्धा

राष्ट्रिय कराते प्रतियोगितालाई सम्झना ल्याबको मुख्य प्रायोजन, ८४ पदकका लागि प्रतिस्पर्धा

प्रतियोगिताबारे जानकारी दिइँदै। तस्बिर : विजय सिंह


नेपालखबर
चैत १३, २०७८ आइतबार १४:६, काठमाडौँ

यही चैत २४ देखि २६ गतेसम्म ललितपुरको सातदोबाटोमा पूर्वप्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको स्मृतिमा राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुँदै छ। 

नेपाल कराते महासंघको तत्वाधानमा नेपाल लोकतान्त्रिक खेलकुद संघ तथा जिल्ला प्रमुख डोजो ललितपुर लगनखेलको संयुक्त आयोजना चैत २४ देखि २६ गतेसम्म हुनलागेको हो। 

प्रतियोगितालाई १९औं एसियाली खेलकुदको प्रारम्भिक तयारी समेत रहने गरि सञ्चालन गर्न नेपाल कराते महासंघबाट स्वीकृति प्राप्त भएको आयोजकले जनाएको छ। 

तीन दिनसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश ३ विभाग (सेना, प्रहरी र सशस्त्र प्रहरी) गरी १० टोलीको सहमागिता रहनेछ।

प्रतियोगितामा महिलातर्फ १० र पुरुषतर्फ ११ तौल समूहमा गरी महिला १ सय र पुरुष १ सय १० खेलाडीले २१ स्वर्ण, २१ रजत र ४२ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ। 

हरेक टोलीले २ जना प्रशिक्षक र १ जना व्यवस्थापक राख्न पाउनेछ । प्रतियोगिता सञ्चालनका लागि ४७ लाख रुपैयाँ भन्दा बढी खर्च लाग्ने अनुमान गरिएको छ । टिम च्याम्पियनलाई उपाधिसहित १ लाख रुपैयाँ प्रदान गरिनेछ । 

त्यस्तै महिला र पुरुषतर्फको सर्वोत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार दिइने बताइएको छ । प्रतियोगितामा सम्झना ल्याबको मुख्य प्रायोजन रहेको छ। 

८ लाख ५ हजार रुपैयाँ नगद तथा प्रतियोगितामा सहभागी खेलाडीको प्रारम्भिक जाँच र अन्य स्वास्थ्य सामग्री गरी सम्झनाले झण्डै १० लाख रुपैयाँको प्रायोजन गर्ने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .