ad ad

खेल


बागमती गाउँपालिकालाई फुटसल प्रतियोगिताको उपाधि

बागमती गाउँपालिकालाई फुटसल प्रतियोगिताको उपाधि

नेपालखबर
चैत १२, २०७८ शनिबार २१:३७, काठमाडौँ

ललितपुरको बागमती गाउँपालिकाले स्थानीय सरकार र पत्रकारबीचको फुटसल प्रतियोगिताको उपाधि जितेको छ। 

नेपाल पत्रकार महासंघ ललितपुर शाखाको आयोजनामा शनिबार भएको प्रतियोगितामा महांकाल गाउँपालिकालाई ८-४ गोलले हराउँदै बागमतीले उपाधि जितेको हो।

कुमारीपाटीस्थित निर्वाण स्कुलको फुटसल मैदानमा भएको प्रतियोगितामा ललितपुरका ६ स्थानीय तह र पत्रकार महासंघ ललितपुरका दुई टिम सहभागी थिए।

पत्रकार महासंघ ललितपुरको ३० औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिताको खेलकुद मन्त्री  महेश्वरजंग गहतराजले उद्घाटन गरेका थिए।

उद्घाटनमा मन्त्री गहतराजले जनप्रतिनिधिले गर्नुपर्ने कार्यक्रम महासंघले गरेकोमा आभार व्यक्त गरे।

जनप्रतिनिधि  र पत्रकारबीच हुने प्रतियोगिताले सम्बन्ध थप मजबुद हुने मन्त्री गहतराजले बताए। 

महालक्ष्मी नगरपालिकाका-१ का वडाध्यक्ष नन्दप्रसाद न्यौपानेले प्रतियोगिता राखेकोमा खुसी लागेर सहभागिता जनाएको बताए। 

'स्थानीय तहका जनप्रतिनिधिसँग जोडिनेगरी यो प्रतियोगिता हुनु खुसीको कुरा हो', न्यौपानेले भने, 'यस्ता कार्यक्रमले समग्र खेल क्षेत्रमै महत्त्वपूर्ण योगदान पुग्छ।´

महासंघ ललितपुरका अध्यक्ष सागर न्यौपानेले प्रतियोगिताले पत्रकार र जनप्रतिनिधिबीच सम्बन्ध विस्तारसँगै दुवै पक्षलाई खेलसँग पनि जोडेको बताए। 

पाँच वर्षे कार्यकाल सके बिदा हुन लागेका जनप्रतिनिधिसँग सम्झिरहने माध्यम पनि बन्ने अध्यक्ष न्यौपानेले विश्वास व्यक्त गरे।

प्रतियोगितामा ललितपुर महानगरपालिका बागमती गाउँपालिका, महांकाल गाउँपालिका, कोन्जोस्योम गाउँपालिका, गोदावरी नगरपालिका र पत्रकार महासंघसहित ८ टिम सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .