खेल


दीपेन्द्रको शतक मद्दतमा नेपालले पीएनजीलाई दियो चुनौतीपूर्ण लक्ष्य

दीपेन्द्रको शतक मद्दतमा नेपालले पीएनजीलाई दियो चुनौतीपूर्ण लक्ष्य

नेपालखबर
चैत १२, २०७८ शनिबार १२:५४, काठमाडौँ

दीपेन्द्रसिंह ऐरीले शतकीय पाली खेलेपछि नेपालले पपुवा न्यूगिनी(पीएनजी)लाई २७९ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी शृंखलाको दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७८ रन बनायो। 

खेल सकिन ११ बल बाँकी हुँदा नेपालले ८ विकेट गुमाएर २५१ रन बनाएको थियो। तर, त्यसपछि क्रिजमा रहेका कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले २७ रन प्रहार गर्दै नेपालको स्कोर उकासेका हुन्। 

अन्तिम ओभरमा सन्दीपले १६ रन प्रहार गरे। आक्रामक ब्याटिङ गरेका सन्दीपले ९ बलमा २ चौका र एक छक्काको मद्दतमा नटआउट २४ रनको पारी खेले। 

त्यसअघि नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १०५ रनको शतकीय पारी खेले। उनले १४० बलमा ७ चौका प्रहार गरे।

नेपाली ओडीआई खेलको इतिहासमा शतक प्रहार गर्ने उनी तेस्रो खेलाडी बने। यसअघि शुक्रबारमात्रै पीएसजीविरुद्ध नेपालका रोहित पौडेलले १२६ रनको शतकीय इनिङ्स खेलेका थिए। 

त्यसअघि पूर्वकप्तान पारस खड्काले २०१९ जनवरीमा यूएईविरुद्ध ११५ रनको शतकीय पाली खेलेका थिए।

यस्तै दोस्रो ओडिआई खेल खेलेका देव खनालले ७२ रन जोडे। ८६ बलमा उनले ४ चौका र ३ छक्का प्रहार गरेका थिए। 

पाँच रनको स्कोर हुँदा दुवै ओपनरलाई गुमाएपछि नेपाली पारी दीपेन्द्र र देवले सम्हालेका थिए। 

तेस्रो विकेटको लागि उनीहरुबीच १२९ रनको साझेदारी भएसँगै नेपालले इनिङ्ग अघि बढाएको थियो। यो नेपालको ओडीआई खेलको इतिहासमा अहिलेसम्म भएको सर्वाधिक रनको साझेदारी पनि हो।

यसअघि शुक्रबारबाटै पीएनजीविरुद्धको पहिलो खेलमा पाँचौं विकेटका लागि रोहित पौडेल र आरिफ सेखबीच १०४ रनको साझेदारी भएको थियो। 

अघिल्लो खेलमा शतक प्रहार गरेका रोहित पौडेल ३५ रनमा आउट भए। ३६ बलमा उनले ३ चौका प्रहार गरे। 

त्यसबाहेक भीम सार्कीले २६ रन जोडे। पवन सर्राफ र कुशल भुर्तेलले खाता नै खोल्न सकेनन्। आरिफ सेख ४ र अनिल साह १ रनमै आउट भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad