ad ad

खेल


पीएनजीविरुद्ध दीपेन्द्रको शतक

पीएनजीविरुद्ध दीपेन्द्रको शतक

नेपालखबर
चैत १२, २०७८ शनिबार १२:३१, काठमाडौँ

पपुवा न्यूगिनीविरुद्ध कीर्तिपुर मैदानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय(ओडीआई) क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालका दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका छन्। 

४७औं ओभरको तेस्रो बलमा २ रन लिदैँ दीपेन्द्रले शतक पूरा गरेका हुन् ।

दीपेन्द्रले १३६ बलमा ६ चौकाको मद्दतमा सय रन पूरा गरेका हुन्। 

शतक हानेलगत्तै उनी १०५ रनमा आउट भए। १४० बलमा उनले ७ चौका प्रहार गरे।

नेपाली ओडीआई खेलको इतिहासमा शतक प्रहार गर्ने उनी तेस्रो खेलाडी हुन। यसअघि शुक्रबारमात्रै पीएसजीविरुद्ध नेपालका रोहित पौडेलले १२६ रनको शतकीय इनिङ्स खेलेका थिए। 

त्यसअघि पूर्वकप्तान पारस खड्काले २०१९ जनवरीमा यूएईविरुद्ध ११५ रनको शतकीय इनिङ्स खेलेका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .