ad ad

खेल


पीएनजीविरुद्ध दीपेन्द्र र देवको कीर्तिमानी साझेदारी, दुवैको अर्धशतक

पीएनजीविरुद्ध दीपेन्द्र र देवको कीर्तिमानी साझेदारी, दुवैको अर्धशतक

नेपालखबर
चैत १२, २०७८ शनिबार ११:३७, काठमाडौँ

पपुवा न्यूगिनीविरुद्ध कीर्तिपुर मैदानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय(ओडीआई) क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी र देव खनालले कीर्तिमानी साझेदारी गरेका छन। 

तेस्रो विकेटको लागि उनीहरुबीच १२९ रनको साझेदारी भएको हो। यो नेपालको ओडीआई खेलको इतिहासमा अहिलेसम्म भएको सर्वाधिक रनको साझेदारी पनि हो।

यसअघि शुक्रबारबाटै पीएनजीविरुद्धको पहिलो खेलमा पाँचौं विकेटका लागि रोहित पौडेल र आरिफ सेखबीच १०४ रनको साझेदारी भएको थियो। 

कीर्तिमानी साझेदारी गर्ने क्रममा दुवै जनाले अर्धशतक समेत पूरा गरेका छन्।  

देव खनाल ७२ रन बनाएर आउट भए। ८६ बलमा उनले ४ चौका र ३ छक्का प्रहार गरे।

शुक्रबारमात्रै राष्ट्रिय टोलीबाट डेब्यू गरेका खनालले करिअरको दोस्रो ओडीआई खेलमा अर्धशतक प्रहार गरेका हुन्। 

यस्तै दीपेन्द्रसिंह ऐरीले ओडीआई करिअरको पहिलो अर्धशतक प्रहार गरे। 

दीपेन्द्रले ८४ बलमा ३ चौकासहित ५० रन पूरा गरेका थिए। ​१६औं ओडीआई खेल खेलिरहेका दीपेन्द्रको यो पहिलो अर्धशतक हो। यसअघि उनले २०१८ मा यूएईविरुद्ध ४० रनको उच्च स्कोर बनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .