फिफा विश्वकप २०२२ को अफ्रिका छनोट अन्तर्गत शुक्रबार राति भएको प्ले अफको पहिलो लेगमा क्यामरुन आफ्नै घरेलु मैदानमा अल्जेरियासँग १–० गोल अन्तरले पराजित भएको छ।
यससँगै कयामरुनलाई पाँचौं पटक विश्वकपमा सहभागी हुन मंगलबार हुने दोस्रो लेगको खेलमा १ भन्दा ठूलो अन्तरले अल्जेरियालाई हराउनुपर्नेछ।
त्यस्तै शुक्रबार राति नै भएका अन्य खेलमा ट्युनिसियाले मालीलाई १–० गोल अन्तरले पराजित गरेको छ।
त्यस्तै नाइजेरिया र घानाले गोलरहित बराबरी खेल्दा कंगो र मोरोक्को १–१ को बराबरीमा रोकिए।
57
Shares
प्रतिक्रिया