ad ad

खेल


पीएनजीविरुद्ध रोहितको सानदार शतक

पीएनजीविरुद्ध रोहितको सानदार शतक

नेपालखबर
चैत ११, २०७८ शुक्रबार १६:२१, काठमाडौँ

रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय(ओडिआई) करिअरको पहिलो शतक प्रहार गरेका छन। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी पपुवा न्यूगिनी(पीएनजी)सँग जारी खेलमा रोहितले सानदार शतक पूरा गरेका हुन। 

नेपालबाट १६ औं ओडिआई खेल खेलिरहेका रोहितले ९१ बलमा ७ चौका र २ छक्काको मद्दतमा आफ्नो शतक पूरा गरेका हुन। 

ओडिआईमा शतक प्रहार गर्ने रोहित दोस्रो नेपाली खेलाडी हुन। यसअघि पारस खड्काले २०१९ जनवरीमा यूएईविरुद्ध ११५ रनको इनिङ्स खेलेका थिए। 

यसबाहेक रोहितले ओडिआईमा ४ अर्धशतक पनि प्रहार गरेका छन्। 

रोहितले २०१९ जनवरीमा यूएई, २०२१ सेप्टेम्बरमा पीएनजी र अमेरिका तथा २०२२ मार्चमै पीएनजीविरुद्ध अर्धशतकीय पारी खेलेका थिए। 

यसै खेलमार्फत रोहित ओडीआईमा नेपालका लागि सर्वाधिक रन बनाउँने खेलाडी समेत बने। रोहितले समाचार तयार पार्दासम्म ५६२ रन बनाइसकेका छन्। 

यसअघि ज्ञानेन्द्र मल्लले ओडिआईमा नेपालबाट सर्वाधिक ४८० रनको स्कोर बनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .