कतार विश्वकप २०२२ को लागि एसियाबाट जापान र साउदी अरेबियाले आफ्नो स्थान पक्का गरेका छन्।
बिहीबार भएको खेलमा जापानले अष्ट्रेलियालाई २–० गोलले पराजित गरेको हो।
जापानको जितसँगै साउदी अरेबियाले चीनसँग १–१ को बराबरी खेले पनि उसको विश्वकपको स्थान पक्का भएको हो।
जापान लगातार सातौंपटक विश्वकपमा पुग्न सफल भएको हो। समूह बीको तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले भने विश्वकपमा छनोट हुनको लागि प्ले अफ खेल्नुपर्ने भएको छ।
त्यस्तै समूह ए मा इरानलाई २–० गोलले पराजित गर्दै दक्षिण कोरियाले पनि विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ।
इरानले यसअघि नै विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेको छ।
यससँगै कतार विश्वकपमा खेल्ने ३२ मध्ये १७ टोलीको टुङ्गो लागिसकेको छ।
48
Shares
प्रतिक्रिया