ad ad

खेल


कतार विश्वकपको छनोटबाटै बाहिरियो इटाली

कतार विश्वकपको छनोटबाटै बाहिरियो इटाली

नेपालखबर
चैत ११, २०७८ शुक्रबार ६:३०, काठमाडौँ

चारपटकको विश्व विजेता इटाली लगातार दोस्रो पटक विश्वकप फुटबलमा छनोट हुन असफल भएको छ।

इटाली आगामी नोभेम्बरमा कतारमा हुने विश्वकपका लागि छनोट हुन असफल भएको हो।

विश्वकप छनोटको लागि बिहीबार भएको प्ले अफ खेलमा इटाली नर्थ म्यासिडोनियासँग १–० गोल अन्तरले पराजित भएको हो।

बिहीबारको खेल सकिनुभन्दा केही समयअघि नर्थ म्यासिडोनाको तर्फबाट एलेक्जान्डर ट्राज्कोभ्स्कीले निर्णायक गोल गर्दै नर्थ म्यासिडोनालाई जित दिलाएका हुन्। 

इटालीले  ८ महिनाअघि मात्र युरोकपको उपाधि जितेको थियो।

युरोपकप विजेता टोलीलाई विश्वकपको उपाधिको दाबेदार मानिन्छ। तर, इटाली यसपटकको विश्वकपको छनोटबाटै बाहिरिएको हो। 

यससँगै नर्थ म्यासिडोनियाले भने विश्वकपमा छनोट हुने सम्भावनालाई जीवित राखेको छ।

अब उसले विश्वकपमा छनोट हुन प्ले अफको फाइनलमा पोर्चुगललाई हराउनुपर्ने हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .