ad ad

खेल


राजर्षि जनक कप : आयोजक बागमतीलाई हराउँदै पिप्ले विजयी

राजर्षि जनक कप : आयोजक बागमतीलाई हराउँदै पिप्ले विजयी

नेपालखबर
चैत ११, २०७८ शुक्रबार ५:५४, सर्लाही

छैठौँ राजर्षि जनक कप फुटवल प्रतियोगिता अन्तर्गत बिहीबार साँझ भएको पहिलो सेमिफाइनल खेलमा आयोजक बागमती युवा क्लब कर्मैया (सर्लाही) लाई हराउँदै डिफेण्डिङ च्यम्पियन पिप्ले युवा क्लब हेटौँडा विजयी भएको छ।

निर्धारित समयमा दुबै टोलीले कुनै पनि गोल नगरेपछि खेलको निर्णय ट्राइबेकरमार्फत् गरिएको थियो। निर्धारित समय सकिँदा साँझ परेपछि समय थप नगरी रेफ्रीले खेललाई सिधै ट्राइबेकरमा लगेका हुन्।

 ट्राइबेकरमा पिप्लेले ४ गोल गरेको छ भने बागमतीले २ गोलमात्रै गर्न सक्यो। यसअघि क्वाटरफाइनल चरणमा एनआरटीलाई हराउँदै बागमती र हिमालयन शेर्पालाई हराउँदै पिप्ले सेमिफाईनलमा प्रवेश गरेका थिए।

आज (शुक्रबार) हुने दोस्रो सेमिफाइनल खेल नेपालको ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब र सुदूरपश्चिम ११ धनगढी भिड्दैछन्।

बागमती नगरपालिका र बागमती युवा क्लवले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका हुन्।


प्रतियोगितामा आयोजक बागमती युवा क्लव, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम एनआरटी, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम(११ धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक र विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन सहभागी भएका थिए।

प्रतियोगिताको बिजेता टिमले १० लाख १ हजार र उपबिजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन्।

त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई मोटरसाईकल प्रदान गरिने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .