नेपाली राष्ट्रिय पुरुष फुटबल टोली थाइल्याण्डसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ।
थाइल्याण्डको घरेलु मैदानमा बिहीबार भएको खेलमा नेपाल २–० ले पराजित भएको हो। खेलको पहिलो हाफमा थाइल्याण्डलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा गोल खान पुग्यो।
खेलको ८२ औं मिनेटमा थाइल्याण्डले नेपालविरुद्ध सुरुवाती अग्रता बनाएको थियो। खेलको अन्तिम मिनेटमा थाइल्याण्डले अग्रता दोब्बर पार्यो।
थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलमा नेपालका प्रशान्त अवस्थीले राष्टिय टोलीबाट डेब्यु गरे। खेलको ७१ औं मिनेटमा दर्शन गुरुङको स्थान लिदै प्रशान्त मैदान प्रवेश गरे।
नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा आइतबार थाइल्याण्डको चोनबुरी फुटबल क्लबसँग खेल्ने तालिका छ।
51
Shares
प्रतिक्रिया