ad ad

खेल


राष्ट्रिय महिला लिग : एपीएफको विजयी सुरुवात

राष्ट्रिय महिला लिग : एपीएफको विजयी सुरुवात

नेपालखबर
चैत १०, २०७८ बिहिबार १८:४९, काठमाडौँ

साविक विजेता एपीएफ फुटबल क्लबले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ। 

चितवनको भरतपुर १९ शारदानगर स्थित खेल मैदानमा बिहिबार भएको खेलमा साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई २–१ ले पराजित गर्दै एपीएफले विजय सुरुवात गरेको हो। 
खेलमा १–० ले पछि परेको स्थिती उल्टाउँदै एपीएफले नतिजा आफ्नो पक्षमा पारेको हो। जितसँगै एपीएफले ३ अंक जोडेको छ। 

खेलको ५२ औँ मिनेटमा आर्मीकी रश्मी घिसिङले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। ५७ औँ मिनेटमा रेनुका नगरकोटीले गोल गर्दै खेललाई बराबरीमा ल्याइन्। 

८२ औँ मिनेटमा अनिता बस्नेतले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याइन्। खेलको प्लेयर अफ दि म्याच रेनुका नगरकोटी घोषित भइन्। 

लिगमा भोलि शुक्रबार ३ खेल हुनेछ। पहिलो खेलमा भोलि वालिङ नगरपालिका स्याङजा र  धनगढी तथा चन्द्रपुर नगरपालिका, रौतहट र ललितपुर महानगरपालिका खेल्नेछन्। भोलि नै हुने तेस्रो खेलमा विराटनगर र नेपाल पुलिस क्लब खेल्नेछन्। 

पहिलो चरणका खेलहरु चैत ३० गतेसम्म हुनेछ। लिगको पहिलो चरणका २८ खेलहरु भरतपुरमा हुनेछ। 

दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ। 

लिगमा त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब र एपीएफ फुटबल क्लब, धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुरले स्पर्धा गर्नेछन्। लिगका लागि टोलीले ४ विदेशी खेलाडी राख्न पाउनेछन्। 

लिग विजेताले २० लाख तथा उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रो हुने टोलीले ५ र चौथो हुने टोलीले ३ लाख रुपैयाँ पाउनेछन्। 

फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ। लिगको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर पाउनेछ। उत्कृष्ट गोलरक्षक र स्ट्राइकरले समान ५० हजार तथा उदीयमान खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन्। हरेक खेलको प्लेयर अफ दि म्याचले दश हजार पाउनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .