ad ad

खेल


आज थाइल्याण्डसँग खेल्दै नेपाल

आज थाइल्याण्डसँग खेल्दै नेपाल

नेपालखबर
चैत १०, २०७८ बिहिबार ८:४५, काठमाडौँ

नेपालले बिहीबार थाइल्याण्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै छ। एएफसी एसियन कप छनोटको तयारीको क्रममा रहेको नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो। 

बिहीबार नेपाली समयअनुसार पौने ६ बजे थाइल्याण्डको चोनबुरीमा खेल सुरु हुनेछ। सन् १९८७ पछि पहिलोपटक नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो। 

थाइल्याण्डविरुद्धको खेलमा एएफसी कप खेल्ने तयारीमा रहेका मछिन्द्र फुटबल क्लबमा आबद्ध राष्ट्रिय टोलीका केही महत्वपूर्ण खेलाडी भने टोलीमा हुने छैनन्। 

दुई मैत्रीपूर्ण खेलको लागि नेपाली टोली सोमबार थाइल्याण्ड प्रस्थान गरेको हो। नेपालले चैत १३ गते थाइल्याण्डको चोनबुरी एफसीसँग खेल्नेछ। 

नेपाली टोली

किरण चेम्जोङ (गोलकिपर), टिकेन्द्र थापा (गोलकिपर), दीप कार्की (गोलकिपर), आशिष लामा, आयुष घलान, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, प्रशान्त अवस्थी, नवीन गुरुङ, दर्शन गुरुङ, नितिन थापा, दीनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीपक गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .