बंगलादेशले पहिलोपटक दक्षिण अफ्रिकाविरुद्ध उसकै भूमिमा एकदिवसीय शृङ्खलामा जित हात पारेको छ।
बुधबार भएको अन्तिम एकदिवसीय खेलमा ९ विकेटको जित हात पार्दै बंगलादेशले शृङ्खला २–१ ले आफ्नो पक्षमा पारेको हो।
बुधबार भएको खेलमा दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्दै ३७ ओभरमा सबै विकेट गुमाएर १५४ रन मात्र बनाएको थियो।
बंगलादेशको लागि म्यान अफ द म्याच बनेका तास्किन अहमदले ५ विकेट लिए। त्यस्तै सकिब अल हसनले २ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले २६ ओभर ३ बल खेल्दै लक्ष्य पूरा गर्यो।
बंगलादेशका कप्तान तामिम इक्वालले अविजित ८७ रनको पाली खेले। अर्का ओपनर लिटन दासले ४८ रन बनाए।
33
Shares
प्रतिक्रिया