साफ यू–१८ महिला च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा नेपालले बुधबार बंगलादेशसँग खेल्दै छ।
खेल, भारतको जमसेदपुरस्थित जेडीआर टाटा स्पोर्टस् कम्प्लेक्समा साँझ ७ बजेपछि सुरु हुनेछ।
च्याम्पियनसिपको पहिलो खेलमा भारतसँग ७–० को फराकिलो हार व्यहोरेको नेपालले दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको थियो। तेस्रो खेलमा नेपाल घरेलु टोलीसँग ५–१ ले स्तब्ध भएको थियो।
च्याम्पियनसिपमा लगातार तेस्रो खेलमा हार व्यहोरेको नेपाल आजको खेलमा सान्त्वना जित निकाल्दै सुखद अन्त्य गर्न चाहन्छ।
यसअघि उमेर समुहमा उच्च प्रदर्शन गर्दै आएको नेपाली टोलीको पछिल्लो समय सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन।
डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।
21
Shares
प्रतिक्रिया