ad ad

खेल


पाउल पोग्बाको विश्वकप मेडल चोरी

पाउल पोग्बाको विश्वकप मेडल चोरी

नेपालखबर
चैत ९, २०७८ बुधबार ६:३९, काठमाडौँ

पाउल पोग्बाले आफूले विश्वकप जित्दा पाएको मेडल चोरी भएको बताएका छन्। फ्रान्सका यी खेलाडीको मेडल गत साता घरबाटै चोरी भएको हो।

गत साता चोरहरू आफ्नै घरमा घुसेर मेडल चोरेर लगेको पोग्बाले बताएका छन्। २९ वर्षीय पोग्बाका अनुसार चोरहरु घरमा छिर्दा उनका बच्चाहरु र उनीहरुको स्याहारको लागि राखिएकी महिला पनि घरमै थिए। 

‘मुख्य कुरा के हो भने मेरा बच्चाहरु ठीक छन्’, उनले भने। 

फ्रान्सले सन् २०१८ मा भएको विश्वकपमा क्रोएसियालाई ४–२ ले हराउँदै विश्वकपको उपाधि जितेको थियो। 

पोग्बाका अनुसार चोरहरुले उनकी आमाको गहना र उनको विश्वकपको मेडल चोरेर लगेका हुन्।

उनले यो घटनापछि आफूले तत्काल सुरक्षाकर्मी र पत्नीलाई जानकारी गराएको र समग्र परिवार केही दिनसम्म एउटै कोठामा थुनिएर बसेको पोग्बाले बताएका छन्। 

पोग्बा म्यानचेस्टर युनाइटेडबाट व्यावसायिक फुटबल खेल्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .