ad ad

खेल


क्रिकेट सिरिजका लागि दुई टोली घोषणा, ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी परेनन्

क्रिकेट सिरिजका लागि दुई टोली घोषणा, ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी परेनन्

फाइल तस्बिर


नेपालखबर
चैत ८, २०७८ मंगलबार १७:५९, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) ले एकदिवसीय र त्रिकोणात्मक टी–ट्वान्टी सिरिजका लागि दुई टिम घोषणा गरेको छ। 

क्यानले सन्दीप लामिछानेको कप्तानीमा सोमबार दुई टिम एकै पटक घोषणा गरेको हो। 

नेपालले आगामी मार्च २५ र २६ मा पपुआ न्यू गिनी (पीएनजी) सँग घरेलु मैदानमै दुई खेलको एकदिवसीय सिरिज खेल्ने भएको छ।

त्यसैगरी घरेलु मैदान टियु क्रिकेट मैदानमै आगामी मार्च २८ देखि अप्रिल ४ सम्म नेपालले पीएनजी र मलेसियासँग टी-ट्वान्टी सिरिज खेल्ने तालिका रहेको छ । 

क्यानले घोषणा गरेको टी-२० र एक दिवसीय दुवै टोलीबाट पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारी आउट भएका छन्। 

उनीहरुले यसअघिका खेलमा निराशाजनक प्रदर्शन गर्दै आएका थिए। ज्ञानेन्द्रको प्रदर्शन चित्त बुझ्दो नभएपछि टिममा समावेश नगर्न दबाब बढिरहेको थियो। 

एकदिवसीय टोली  
सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमल सिंह ऐरी, अनिल साह, विक्रम सोब, सुशान भारी, रोहित पौडेल, पवन सर्राफ, देव खनाल, गुलसन झा र भिम सार्की ।

टी–ट्वान्टी टोली
सन्दीप लामिछाने, आरिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, सागर ढकाल, कमल सिंह ऐरी, आरिफ शेख, करण केसी, अविनाश बोहरा, विवेक यादव, दिलीप नाथ, लोकेश बम, कुशल मल्ल र आदिल अन्सारी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .