ad ad

खेल


पपुवान्युगिनीविरुद्ध नेपाल ७ विकेटले विजयी, कुशल र आरिफको अर्धशतक

पपुवान्युगिनीविरुद्ध नेपाल ७ विकेटले विजयी, कुशल र आरिफको अर्धशतक

पीएनजीविरुद्ध ब्याटिङ गर्दै नेपाल। तस्बिर : क्यान


नेपालखबर
चैत ८, २०७८ मंगलबार १७:५९, काठमाडौँ

आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत पपुवान्युगिनीविरुद्ध नेपाल ७ विकेटले विजयी भएको छ। मंगलबार युएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा 

पपुवान्युगिनीले दिएको १७४ रनको लक्ष्य नेपालले १३ ओभर बाँकी छँदै ३ विकेट गुमाएर पूरा ग¥यो।

नेपाललाई जित दिलाउने क्रममा दुई ब्याटरले अर्धशतक पूरा गरे। ओपनर कुशल भुर्तेल र आरिफ शेखले अर्धशतक पूरा गर्दा नेपालको ब्याटिङ सम्हालियो। 

कुशलले ६४ बलमा ५० रन जोडे। अर्का ओपनर आसिफ शेख २ रनमै आउट भएपछि आएका आरिफले १०५ बलमा ५९ रन जोड्दै नटआउट रहे। 

भुर्तेलले ४ चौका र एक छक्का हिर्काउँदा आरिफले ४ चोकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन्। 

आरिफसँग बलियो साझेदार गरेका रोहित पौडेल ४४ रनमा नटआउट रहे। उनले ४८ बलमा ५ चौका हिर्काए। दीपेन्द्र सिंह ऐरी भने शून्य रनमै आउट भए। 

नेपालले टस जितेपछि फिल्डिङ रोजेको थियो। पपुवान्युगिनीलाई सस्तैमा समेट्न सोमपाल कामीले र सन्दीप लामिछानेले २÷२ तथा करण केसी, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी र पवन सराफले १÷१ विकेट हात पारे। 

कप्तान असाद भालाले सर्वाधिक ४५ रन जोड्दा पपुवान्युगिनीले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १७३ रन जोडेको थियो। 

पपुवान्युगिनीविरुद्ध दुवै खेल जितेको नेपाल युएईसँग भने दुवै खेलमा पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .