ad ad

खेल


पारस खड्काले पाए दशक उत्कृष्ट पुरुष खेलाडी अवार्ड

पारस खड्काले पाए दशक उत्कृष्ट पुरुष खेलाडी अवार्ड

पारस खड्का। तस्बिर : विक्रम राई


नेपालखबर
चैत ८, २०७८ मंगलबार १७:५३, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्वकप्तान पारस खड्का एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा दशक उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन्। 

नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष प्रदान गर्दै आएको स्पोर्ट्स अवार्डको १८ औँ संस्करण विगत १० वर्षदेखि खेलकुदमा योगदान दिएका खेलाडी र प्रशिक्षक प्रति अर्पण गरेको छ। 

सन् २००२ बाट क्रिकेट यात्रा सुरु गरेका पुर्वकप्तान खड्काले २०७८ को साउन १९ गते अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका थिए। 

अलराउण्डर पारसले १० एकदिवसीय अन्तर्राष्ट्रिय, ३३ टि–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन। उनले टि–२० आईमा ७९९ तथा एकदिवसीय अन्तर्राष्ट्रियमा ३१५ रन बनाएका छन। 

एकदिवसीय र टि–२० अन्तर्राष्ट्रिय दुवै फम्र्याटमा शतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाडी हुन। एकदिवसीय अन्तर्राष्ट्रियमा २०१९ मा उनले यूएईविरुद्ध शतक प्रहार गरेका थिए। 

मिडियम पेश र अफ स्पिन बलिङ गर्ने पारसले ओडिआईमा ९ र टि–२० आईमा ८ विकेट समेत लिएका छन। 

उनको कप्तानीमा नेपालले २०१४ को टी(२० विश्वकप खेल्दै टी–२० आईको मान्यता हासिल गरेको थियो। यस्तै २०१८ मा नेपाललाई उनले ओडिआई मान्यता दिलाए। 

सन् २०१९ जनवरीमा यूएईसँग भएको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला नेपालले जित्दा उनको प्रदर्शन उत्कृष्ट थियो। उनको कप्तानीमा नेपालले २६ टी(२० अन्तर्राष्ट्रिय खेल खेल्दा ११ मा जित हात पारेको छ। यस्तै ६ एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाल उनको कप्तानीमा उत्रिदा ६ खेलमा जित हात पारेको छ।

उनले २०२० मार्चमा थाइल्याण्डविरुद्ध एसीसी इस्टर्न रिजन टी–२० मा अन्तिम अन्तर्राष्ट्रिय खेल खेलेका थिए। २०२० को नोभेम्बरमा पारस आइसीसी मेन्स एशोसिएट प्लेयर अफ दि डिकेट अवार्डको मनोनयनमा समेत परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .