ad ad

खेल


पपुवान्युगिनीविरुद्ध नेपाली ब्याटर कुशल र आरिफको अर्धशतक

पपुवान्युगिनीविरुद्ध नेपाली ब्याटर कुशल र आरिफको अर्धशतक

नेपालखबर
चैत ८, २०७८ मंगलबार १७:४०, काठमाडौँ

आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गत पपुवान्युगिनीविरुद्ध नेपालका दुई ब्याटरले अर्धशतक पूरा गरेका छन्। 

ओपनर कुशल भुर्तेल र आरिफ शेखले अर्धशतक पूरा गरेका हुन्। पपुवान्युगिनीले दिएको १७४ रनको लक्ष्य पछ्याएको नेपाललाई जित उन्मुख बनाउन कुशलले ६४ बलमा ५० रन जोडे।

अर्का ओपनर आशिफ शेख २ रनमै आउट भएपछि आएका आरिफले ८३ बलमा ५१ रन जोडेका छन्। भुर्तेलले ४ चौका र एक छक्का हिर्काउँदा आरिफले ४ चोकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन्। 

अहिले रोहित पौडेल र आरिफको जोडी क्रिजमा छन्। दीपेन्द्र सिंह ऐरी भने शून्य रनमै आउट भए। ३२ ओभरको खेल सकिँदा नेपालले ३ विकेटको क्षतिमा १५६ रन जोडेको छ। जितका लागि अब नेपाललाई मात्रै १८ रन आवश्यक छ। 

पपुवान्युगिनीविरुद्धको पहिलो खेल पनि नेपालले जितेको नेपाल युएईसँग भने दुवै खेलमा हारेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .