ad ad

खेल


एनएसजेएफ लाइफटाइम एचिभमेन्ट अवार्ड स्व. शरदचन्द्र शाहलाई

एनएसजेएफ लाइफटाइम एचिभमेन्ट अवार्ड स्व. शरदचन्द्र शाहलाई

नेपालखबर
चैत ८, २०७८ मंगलबार १७:११, काठमाडौँ

एनएसजेएफ लाइफटाइम एचिभमेन्ट अवार्ड राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव स्व. शरदचन्द्र शाहलाई प्रदान गरिएको छ। 

शाहको वि.सं. २०६९ असारमा ६६ वर्षको उमेरमा निधन भएको थियो। 

खेलकुदमा उनले पुर्याएको योगदानको कदर गर्दै मञ्चले मृत्युपर्यन्त उनलाई लाइफटाइम एचिभमेन्ट अवार्डले सम्मान गरेको हो।  स्व शाहलाई प्रदान गरिएको अवार्ड उनकी छोरी मिहिका शाहले ग्रहण गरेकी थिइन्। 

२०३४ सालमा सदस्यसचिवका रुपमा नियुक्त भएका शाहले ११ वर्ष राखेपको नेतृत्व सम्हालेका थिए। 

उनको कार्यकालमा खेलकुदका भौतिक पूर्वाधार, प्रशिक्षक तयारी, खेलाडी उत्पादनका हिसाबले त्यो समयलाई स्वर्णिम समयका रुपमा लिइन्छ। 

शाह सदस्यसचिव भएकै समयमा पूर्वदेखि पश्चिमसम्म भौतिक पूर्वाधार निर्माण भएका थिए। उनकै समयमा वीरगन्ज, पोखरालगायतका स्थानमा रंगशाला निमार्ण भएका थिए। 

३ दशक भन्दा लामो इतिहास बोकेको तत्कालिन साफ (दक्षिण एसियाली महासंघिय खेलकुद) अहिलेको साग (दक्षिण एसियाली खेलकुद) को अवधारणा तयार पार्ने टोलीमा शाहको भूमिका महत्वपूर्ण मानिन्छ। 

शाह नै सदस्य सचिव हुँदा नेपालले सन् १९८४ मा पहिलो साफ आयोजना गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .