ad ad

खेल


टेबलटेनिसकी एलिनाले जितिन् पिपल्स च्वाइस अवार्ड

टेबलटेनिसकी एलिनाले जितिन् पिपल्स च्वाइस अवार्ड

तस्बिर : विक्रम राई


नेपालखबर
चैत ८, २०७८ मंगलबार १७:९, काठमाडौँ

टेबलटेनिसकी एलिना महर्जनले एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डअन्तर्गतको पिपल्स च्वाइस अवार्ड जितेकी छिन्। 

नेपाली टेबलटेनिसमा दोस्रो वरीयतासम्म पुगेकी महिला खेलाडी उनी सागमा लगातार दुई पदक (१२ र १३औं दक्षिण एसियाली खेलकुदको महिला टिम इभेन्टमा कांस्य पदक जित्न सफल) जित्न सफल खेलाडी हुन्। 
 
उनी खेलाडीमात्र नभई प्रशिक्षकमा सक्रिय (स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीबाट टेबलटेनिसको नयाँ प्रतिभा उत्पादनमा सक्रिय) रहँदै आएकी छिन्।

सामाजिक कार्यमा पनि क्रियाशील उनले १३औंबाट प्राप्त पुरस्कारको आधा रकम कोरोना प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग गरेकी थिइन्।  

 टेबलटेनिस परिवारमा हुर्केकी खेलाडी उनका दाइ राकेश महर्जन, बहिनी इरिका महर्जन, भाउजु नविता श्रेष्ठ सबै राष्ट्रिय खेलाडी रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .