एथ्लेटिक्स खेलाडी पुष्पा भण्डारी पल्सर स्पोर्ट्स अवार्डमा स्पेसल अवार्डबाट सम्मानित भएकी छिन्।
नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार वितरण गरेको स्पोर्ट्स अवार्डमा पुष्पा स्पेसल अवार्ड पर्फमर अफ दि इयरबाट सम्मानित भएकी हुन्।
कोरोना संक्रमणका कारण प्रतियोगिताहरु आयोजना नहुँदा पनि पुष्पाले अन्तर्राष्ट्रिय खेलकुदमा नेपालको नाम चिनाएकी थिइन्।
गत वर्षको पुस २६ गते बंगलादेशको ढाकामा भएको बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा उनले स्वर्णपदक जितेकी थिइन्।
उनले २ घण्टा ५९ मिनेट ४१ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक स्वदेश भित्र्याएकी थिइन्।
दुई वर्षअघि घरेलु मैदानमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा पुष्पाले रजत पदक जितेकी थिइन्।
159
Shares

प्रतिक्रिया