ad ad

खेल


पल्सर स्पोर्टस अवार्डः पारा एथलिट अनरबाट सरिता सम्मानित

पल्सर स्पोर्टस अवार्डः पारा एथलिट अनरबाट सरिता सम्मानित

पल्सर स्पोर्टस अवार्डमा पारा एथलिट अनरबाट सम्मानित हुँदै सरिता थुलुङ । तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
चैत ८, २०७८ मंगलबार १६:१४, काठमाडौँ

सरिता थुलुङ पल्सर स्पोर्टस अवार्डमा पारा एथलिट अनरबाट सम्मानित भएकी छन्। 

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको स्पोर्ट्स अवार्डमा सरिता पारा स्पोर्टस अवार्डबाट सम्मानित भएकी हुन्। 

सुनसरीकी सरिताले ३ वर्षको उमेरमा नै पोलियो भएपछि एउटा खुट्टा गुमाएकी थिइन्। सांगीतिक जीवनलाई अघि बढाउने सोच बनाएकी सरिताले फरक क्षमताहरुको पनि खेलकुद हुन्छ भन्ने थाहा पाएपछि उनी खेलकुदमा लागेकी थिइन्। 

पारा फुटबलबाट खेल जीवन सुरु गरेकी सरिताले ह्विलचियर बास्केटबल, पौडी, पावर लिफ्टिङ खेलिन्। 

लन्डनमा भएको विश्व पारा च्याम्पियसिप र सिंगापुरमा भएको पारा प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गरिसकेककी छिन्। 

गत वर्ष टोकियो पारा ओलम्पिकमा छानिए पनि पदाधिकारीको क्रुटीका कारणले उनले खेल्न पाइनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .