ad ad

खेल


चेल्सीपछि म्यानचेस्टर सिटीमाथि पनि लाग्न सक्छ प्रतिबन्ध

चेल्सीपछि म्यानचेस्टर सिटीमाथि पनि लाग्न सक्छ प्रतिबन्ध

नेपालखबर
चैत ८, २०७८ मंगलबार ६:३८, काठमाडौँ

इंग्लिस प्रिमियर लिगको फुटबल टोली चेल्सीले अहिले बेलायती सरकारको प्रतिबन्धको सामना गरिरहेको छ। क्लबका मालिकमाथि सरकारले लगाएको प्रतिबन्धको कारण चेल्सीको धेरै गतिविधिमाथि अंकुश लगाइएको छ।

यद्यपि विशेष छूटको आधारमा क्लबले खेल खेल्न र त्यसका लागि आवश्यक प्रबन्धको अधिकार भने पाएको छ।

रुसले युक्रेनमाथि गरेको आक्रमणविरुद्ध चालिएको कदमको क्रममा बेलायतले उक्त प्रतिबन्ध लगाएको हो।

अब यो प्रतिबन्ध म्यानचेस्टर सिटीका मालिक शेख मन्सुरमाथि पनि लाग्न सक्ने स्पेनिस सञ्चारमाध्यम मार्काले उल्लेख गरेको छ। 

बेलायत सरकारले मन्सुर र सिरियाली राष्ट्रपति बसर अल असदबीचको वार्ताबारे चासो राख्दै प्रतिबन्धको तयारी गरेको हो।

सिरियाली राष्ट्रपति रुसी समकक्षी भ्लादिमिर पुटिनका निकट मानिन्छन्। 

बेलायतले असदकै कारण सिरियामा शान्ति स्थापना हुन नसकेको बताउँदै आएको छ।

यसअघि बेलायत सरकारले चेल्सीका मालिक रोमन अब्रामोभिचमाथि प्रतिबन्धको घोषणा गरेको थियो। जसको कारण उनको सबै सम्पत्ति जफत गरिएको थियो।

उनले आफ्नो चेल्सीमा रहेको सम्पत्ति पनि बिक्री गर्न र ट्रान्सफर गर्न पाएका थिएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .