साफ यू–१८ महिला च्याम्पियनसिपमा लगातार तेस्रो हार व्यहोरेपछि नेपालको उपाधि सम्भावना सकिएको छ।
च्याम्पियनसिपमा नेपाल एक खेल अगावै उपाधिबाट बन्चित भएको हो।
भारतको जमसेदपुरस्थित जेडिआर टाटा स्पोर्टस् कम्प्लेक्समा सोमबार भएको खेलमा नेपाल घरेलु टोलीसँग ५–१ को फराकिलो हार व्यहोरेको छ।
पहिलो हाफमा ३–० ले पछि परेको नेपालले दोस्रो हाफमा २ गोल खान पुग्यो। खेलको ७९ औँ मिनेटमा नेपालले १ गोल फर्कायो। नेपालका लागि सदिपा भोलानले एक गोल फर्काइन्।
नेपालले च्याम्पियनसिपमा लगातार तेस्रो हार व्यहोरेको हो।
नेपालले पहिलो खेलमा भारतसँग ७–० को फराकिलो हार व्यहोरेको थियो। च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले बंगलादेशसँग ४–२ ले पराजित भएको थियो। च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा नेपालले पर्सि बंगलादेशसँग खेल्नेछ।
डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ।
Shares
प्रतिक्रिया