ad ad

खेल


यूएईसँग नेपालको फराकिलो हार

यूएईसँग नेपालको फराकिलो हार

नेपालखबर
चैत ७, २०७८ सोमबार १७:५८, काठमाडौँ

विश्व क्रिकेट लिग–२ मा नेपालमा नेपालले यूएईसँग ९९ रनको फराकिलो हार ब्यहोरेको छ। 

यूएईले दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ३५ ओभरमा सबै विकेट गुमाएर १०३ रनमात्रै जोड्न सक्यो। यो नेपालले ओडिआईमा बनाएको सर्वाधिक कम स्कोर समेत हो। 

नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन जोडे। ६५ बलमा उनले २ चौका प्रहार गरे। 

यस्तै आरिफ सेखले १५, विनोद भण्डारीले १२, सोमपाल कामीले १५ बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन। 

ओपनरद्वय पवन सर्राफ २ र कुशल भुर्तेल ५ रनमै आउट भए। मध्यक्रमका दीपेन्द्रसिंह ऐरीले खाता नै खोल्न सकेनन। रोहित पौडेलले ९ रन जोडे।  

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनायो। 

यूएईका रोहन मुस्तफाले सर्वाधिक ६० रन जोडे। यस्तै मोहम्मद वासिमले ३३, चिराग सुरीले २६, वृत्य अरविन्दले २४, आसिसान साराफूले २१ र वासिल अहमदले १७ रन थपे। 

नेपालका सन्दीप लामिछानले ३ विकेट लिए। यस्तै सोमपाल कामीले २ तथा करण केसी, दीपेन्द्रसिंह ऐरी र आरिफ सेखले समान १–१ विकेट लिए।

त्यसअघि दुबईमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनायो। 

यूएईका रोहन मुस्तफाले सर्वाधिक ६० रन जोडे। ७३ बलमा उनले २ चौका र एक छक्का प्रहार गरे। 

यस्तै मोहम्मद वासिमले ३३, चिराग सुरीले २६, वृत्य अरविन्दले २४ र वासिल अहमदले १७ रन थपे। 

नेपालका सन्दीप लामिछानले ३ विकेट लिए। १० ओभरमा उनले १ ओभर मेडन राख्दै ३२ रन लिए। यस्तै सोमपाल कामी र करण केसीले समान २-२ तथा दीपेन्द्रसिंह ऐरी र आरिफ सेखले समान १–१ विकेट लिए।

यो खेलसँगै लिग–२ मा ११ खेल खेलेको नेपालले ४ खेलमा जित र ६ खेलमा हारसहित १० अंक जोडेको छ। नेपाल छैटौं स्थानमा छ। १८ खेलमा २२ अंक जोड्दै यूएई दोस्रो स्थानमा छ।

सात टोली सहभागी जारी प्रतियोगिताको शीर्ष तीन टोलीले २०२३ को क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउँनेछन्। तल रहने चार टोलीले प्लेअफ खेल्नुपर्नेछ। 

नेपालले अब मंगलबार जारी त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा पपुवान्यूगिनीको सामना गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .