एएफसी फुटसल एशियन कप छनोटका लागि अन्तिम टोलीको घोषणा भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार छनोट खेल्ने अन्तिम खेलाडीको नाम सार्वजनिक गरेको हो। टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले प्रशिक्षणमा रहेका खेलाडीबाट १४ सदस्यीय टोलीको घोषणा गरे।
छनोट खेल अप्रिल १ देखि १५ सम्म किर्गिस्तानमा हुनेछ। नेपाल आयोजक किर्गिस्तानसँगै उज्वेकिस्तान र अफगानिस्तान रहेको समुह बी मा रहेको छ।
राष्ट्रिय फुटसल टोलीः
अनिष श्रेष्ठ, विश्वास पौडेल, विजय श्रेष्ठ, सरोज तामाङ, सुरज गुरुङ, आदिल हमिद, कृजल खड्का, मणि कुमार लामा, रोशन छन्त्याल, सुमित श्रेष्ठ, उर्केन शेर्पा, शेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ
39
Shares
प्रतिक्रिया