ad ad

खेल


यूएईबाट नेपालले पायो २०३ रनको लक्ष्य

यूएईबाट नेपालले पायो २०३ रनको लक्ष्य

नेपालखबर
चैत ७, २०७८ सोमबार १४:५४, काठमाडौँ

विश्व क्रिकेट लिग–२ मा नेपालले यूएईबाट २०३ रनको लक्ष्य पाएको छ। 

दुबईमा जारी खेलमा खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०२ रन बनायो। 

यूएईका रोहन मुस्तफाले सर्वाधिक ६० रन जोडे। ७३ बलमा उनले २ चौका र एक छक्का प्रहार गरे। 

यस्तै मोहम्मद वासिमले ३३, चिराग सुरीले २६, वृत्य अरविन्दले २४ र वासिल अहमदले १७ रन थपे। 

नेपालका सन्दीप लामिछानले ३ विकेट लिए। १० ओभरमा उनले १ ओभर मेडन राख्दै ३२ रन लिए। यस्तै सोमपाल कामी र करण केसीले समान २-२ तथा दीपेन्द्रसिंह ऐरी र आरिफ सेखले समान १–१ विकेट लिए।

सात टोली सहभागी जारी प्रतियोगिताको शीर्ष तीन टोलीले २०२३ को क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउँनेछन्। तल रहने चार टोलीले प्लेअफ खेल्नुपर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .