एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोली मैत्रीपूर्ण खेलका लागि सोमबार थाइल्याण्ड प्रस्थान गरेको छ।
राष्ट्रिय टोलीले थाइल्याण्डको राष्ट्रिय फुटबल टोली र चोनबुरी एफसीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।
नेपालले थाइल्याण्डको राष्ट्रिय टोलीसँग चैत १० गते र १३ गते चोनबुरी एफसीसँग खेल्ने तालिका छ।
व्यवसायिक फुटबल खेल्नका लागि बाहिर रहेका टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ माल्दिभ्स र मिडफिल्डर रोहित चन्द हाल इन्डोनेसियामा छन्। उनीहरु उतैबाट थाइल्याण्ड पुग्नेछन्।
राष्ट्रिय टोली:
किरण चेम्जोङ, टिकेन्द्र थापा, दीप काकी, आशिष लामा, आयुष घलान, अनन्त तामाङ, प्रशान्त अवस्थी, अन्जन विष्ट, एरिक विष्ट, नवीन गुरुङ, नितिन थापा, दर्शन गुरुङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सन्तोष तामाङ, आकाश बुढामगर, सुमन अर्याल, सुमन लामा, सुदीप गुरुङ, सुरज ज्यू ठकुरी, तेज तामाङ, सुवास गुरुङ, रोहित चन्द
Shares
प्रतिक्रिया