साफ यू–१८ महिला च्याम्पियनसिपमा नेपालले आज भारतसँग खेल्दैछ। च्याम्पियनसिपमा लगातार दोस्रो हार व्यहोरेको नेपाल पहिलो जितको खोजीमा मैदान उत्रिनेछ।
खेल भारतको जमसेदपुरस्थित जेडीआर टाटा स्पोर्टस् कम्प्लेक्समा साँझ ७ बजेपछि सुरु हुनेछ।
पहिलो खेलमा घरेलु टोलीसँग ७–० को फराकिलो हार व्यहोरेको नेपाल दोस्रो खेलमा जित निकाल्न चाहन्छ। उता भारत भने घरेलु मैदानको फाइदा उठाउँदै नेपालविरुद्ध उच्च मनोबलमा मैदान उत्रिनेछ।
च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ४–२ ले पराजित भएको थियो। च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा नेपालले बुधबार बंगलादेशसँग खेल्नेछ।
डबल राउण्ड रोबिनको आधारमा भइरहेको खेलमा शीर्ष स्थानमा रहने टोलीले च्याम्पियनसिपको उपाधि उचाल्नेछ।
36
Shares
प्रतिक्रिया