ad ad

खेल


यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, तीन परिवर्तन

यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, तीन परिवर्तन

नेपालखबर
चैत ७, २०७८ सोमबार १०:४६, काठमाडौँ

विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले केहीबेरमा यूएईको सामना गर्नेछ। नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ। 

आसिफ सेख, कमलसिंह ऐरी र सागर ढकाललाई बेन्चमा राखिएको छ। उनीहरुको स्थानमा पवन सर्राफ, विनोद भण्डारी र विक्रम सोबलाई टोलीमा ल्याइएछ। 

नेपाली टोलीमा कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ सेख, करण केसी, विनोद भण्डारी, रोहित पौडेल, सोमपाल कामी, विक्रम सोब र पवन सर्राफ छन्। 

गत शुक्रबार भएको खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो। नेपालले यसअघि पीएनजीसँग २ विकेटको जित हात पारेको थियो।

लिगमा सबैभन्दा कम खेल खेलेको नेपालले १० खेलबाट १० अंक बनाएको छ। ७ टोली सम्मिलित लिगको नेपाल छैटौं स्थानमा छ। 

नेपालले मंगलबार पीएनजीसँग खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .