ad ad

खेल


वेस्ट ह्यामलाई हराउँदै प्रिमियर लिगको पाँचौं स्थानमा उक्लियो टोटनह्याम

वेस्ट ह्यामलाई हराउँदै प्रिमियर लिगको पाँचौं स्थानमा उक्लियो टोटनह्याम

नेपालखबर
चैत ७, २०७८ सोमबार ६:५९, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा टोटनह्यामले वेस्ट ह्यामलाई ३–१ गोल अन्तरले पराजित गरेको छ।

आइतबार भएको खेलको नवौं मिनेटमा नै आत्मघाती गोलबाट अग्रता लिएको टोटनह्यामले खेलको २४ औं मिनेटमा सोन हेउङ मिनको गोलबाट अग्रता दोब्बर पारेको थियो।

खेलको ३५ औं मिनेटमा गोल फर्काउँदै वेस्ट ह्यामले खेलमा फर्किने प्रयास गरे पनि ८८ औं मिनेटमा हेउङ मिनले व्यक्तिगत दोस्रो गोल गर्दै टोटनह्यामलाई ३–१ को जित दिलाएका हुन्। 

यससँगै टोटनह्याम प्रिमियर लिगको पाँचौं स्थानमा उक्लिएको छ। उसले २९ खेलबाट ५१ अंक जोडेको हो।

लिगको शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले समान खेलबाट ७० अंक जोडेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .