एफए कपको सेमिफाइनलमा लिभरपुल र म्यानचेस्टर सिटीबीच प्रतिस्पर्धा हुने भएको छ।
आइतबार भएको छैटौं चरणको आ–आफ्नो खेलमा जित हात पार्दै यी दुई टोलीले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेका हुन्।
आइतबार राति भएको खेलमा लिभरपुलले नटिंघम फरेस्टलाई १–० गोल अन्तरले पराजित गरेको हो। लिभरपुललाई जित दिलाउने क्रममा डिएगो जोटाले खेलको ७८ औं मिनेटमा निर्णायक गोल गरेका थिए।
त्यस्तै म्यानचेस्टर सिटीले साउथाम्टनलाई ४–१ गोलले पराजित गरेको हो।
सिटीलाई जित दिलाउने क्रममा रहिम स्टर्लिङ, फिल फोडेन, केभिन डि ब्रुयन र रियाद महरेजले १/१ गोल गरेका थिए।
विपक्षी टोलीले आत्मघाती गोलको रुपमा एक गोल उपहारस्वरुप पाएको थियो।
अब लिभरपुल र म्यानचेस्टर सिटीबीचको सेमिफाइनल खेल अप्रिल १६ मा हुनेछ।
30
Shares

प्रतिक्रिया