एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय पुरुष फुटबल टोली थाइल्याण्डसँगको मैत्रीपूर्ण खेलका लागि सोमबार त्यसतर्फ प्रस्थान गर्दैछ।
थाइल्याण्ड जाने टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार बिदाई गरेको छ। राष्ट्रिय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव कुलबहादुर थापाले विदाई गरे।
राष्ट्रिय टोलीले थाइल्याण्डको राष्ट्रिय फुटबल टोली र चोनबुरी एफसीसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ।
नेपालले थाइल्याण्डको राष्ट्रिय टोलीसँग चैत १० गते पहिलो मैत्रीपूर्ण खेल खेल्नेछ। चैत १३ गते थाइल्याण्डको चोनबुरी एफसीसँग खेल्नेछ।
व्यवसायिक फुटबल खेल्नका लागि बाहिर रहेका टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ मालदिभ्स र मिडफिल्डर रोहित चन्द हाल इन्डोनेसियामा छन्। उनीहरु उतैबाट थाइल्याण्ड पुग्नेछन्।
राष्ट्रिय टोलीका खेलाडी
अफिसियल
इन्द्रमान तुलाधर, विजय घले, पुर्णमान चित्रकार, अब्दुल्लाह अलमुताईरी, किरण श्रेष्ठ, विकास मल्ल, कृष्णभक्त मानन्धर, मधुसुधन उपाध्याय, आविष्कार पुडासैनी, विवेक सुवेदी, विकास गुरुङ
Shares
प्रतिक्रिया