ad ad

खेल


राजर्षि जनक कप : एपीएफ क्लब क्यामरुनसँग पराजित

राजर्षि जनक कप : एपीएफ क्लब क्यामरुनसँग पराजित

नेपालखबर
चैत ६, २०७८ आइतबार ७:५४, काठमाडौँ

सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब अफ्रिकन एभिनिर फुटबल क्लब क्यामरुनसँग पराजित भएको छ। 

९० मिनेटको निर्धारित समय दुबै टोलीले १–१ गोल मात्रै गरेपछि ट्राइबेकरबाट नजिता लिइएको थियो। ९० मिनेटको खेल सकिँदा साँझ परेपछि थप समय  नखेलाई नतिजाका लागि खेललाई सिधै ट्राईबेकरमा लगिएको हो।

ट्राईबेकरमा क्यामरुनी क्लब एभिनिरले एपीएफलाई ४–२ गोल अन्तरले पराजित गरेको हो। 

खेलको अन्तिम समयमा क्यामरुनका दुई खेलाडी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि ९ खेलाडीमा सिमित क्यामरुनविरुद्द एपीएफका खेलाडी हाबी भएका थिए। तर समय थोरै भएकाले एपीएफका खेलाडीले थप गोल गर्न सकेनन्। खेलमा क्यामरुनका ६ खेलाडीले पहेँलो कार्ड पाए भने एपीएफका ५ खेलाडीले पहेंलो कार्ड पाएका छन्। 

अब क्यामरुनी टिमले चैत ९ गते हुने अन्तिम क्वाटरफाइनल खेलमा नेपालको ए डिभिजन लिग विजेता मछिन्द्र युवा क्लबसँग भिड्नु पर्नेछ। 

आज (आइतबार) बाट प्रतियोगितामा क्वाटरफाइनल चरणका खेलहरु हुँदैछन्। पहिलो क्वाटरफाईनल खेल हिमालयन शेर्पा क्लब र पिप्ले युवा क्लब हेटौंडाबीच हुने आयोजक बागमती युवा क्लवले जनाएको छ । 

प्रतियोगितामा आयोजक बागमती युवा क्लव, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपिएफ क्लब, मछिन्द्र फुटबल क्लब, हिमालयन शेर्पा क्लब, न्यूरोड टिम एनआरटी, नव जनजागृति युवा क्लब सीमरा, सुदूरपश्चिम-११ धनगढी, केबीए ग्लोबल बीएफसी चितवन, ध्रुबतारा स्पोर्टिङ क्लब दमक र विदेशी टिम एभिनिर फुटबल क्लब क्यामरुन सहभागी छन्। 

प्रतियोगिताको बिजेता टिमले १० लाख १ हजार र उपबिजेताले ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन्।

त्यस्तै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई नगद ५१ हजार, प्रतियोगिताकै उत्कृष्ट गोलकिपर, प्रशिक्षक, मिडफिल्डर र रक्षकलाई पनि नगद २५–२५ हजार, हरेक खेलको म्यान अफ दि म्याच हुने खेलाडीलाई नगद १० हजार र प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने बागमती नगरपालिका भित्रका एक खेलाडीलाई मोटरसाईकल प्रदान गरिने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .