युइएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम ८ को ड्र भएको छ। युइएफएले शुक्रबार गरेको ड्र अनुसार नकटाउट भिडन्तमा डिफेन्डिङ च्याम्पियन चेल्सी स्पेनिस महारथि रियल मड्रिडसँग भिड्ने भएको छ।
त्यस्तै अर्को इङ्लिस क्लब म्यानचेस्टर सिटीले पनि स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग अन्तिम आठमा भिडन्त गर्ने भएको छ।
जर्मन च्याम्पियन बायर्न म्युनिखले तुलनात्मक कमजोर मानिएको भिल्ला रियलसँग खेल्ने भएको छ। भिल्ला रियलले अन्तिम १६ को भिडन्तमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई हराएको थियो।
त्यसैगरी अर्को इङ्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब बेनफिकासँग भिड्ने ड्र सार्वजनिक भएको छ।
यो सिजनको च्याम्पियन्स लिगमा यसअघि दबदबा राख्दै आएका लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो देखिने छैनन्।
अन्तिम १६ मा रोनाल्डो आवद्ध युनाइटेड भिल्ला रियलसँग तथा मेस्सी आवद्ध पीएसजी रियल मड्रिडसँग पराजित हुँदै बाहिरिइसकेका छन्
Shares
प्रतिक्रिया