ad ad

खेल


यूएईसँग नेपाल पराजित

यूएईसँग नेपाल पराजित

फोटो: आईसीसी


नेपालखबर
चैत ४, २०७८ शुक्रबार १७:४२, काठमाडौँ

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार सम्पन्न खेल नेपा यूएईसँग ४८ रनले पराजित भएको छ। 

यूएईले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमै समेटियो। 

ब्याट्सम्यानहरुको फितलो प्रदर्शनका कारण नेपालले त्रिकोणात्मक शृंखलाको दोस्रो खेलमा हार ब्यहोरेको हो। 

नेपालका लागि रोहित पौडेलले सर्वाधिक ४६ रन जोडे। ६० बलमा उनले ४ चौका प्रहार गरे। यस्तै ज्ञानेन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ बाहेक अन्यको प्रदर्शन सम्झन लायक रहेन। 

आसिफ सेख ७, दीपेन्द्रसिंह ऐरी ४, सोमपाल कामी र करण केसी ६–६ र सन्दीप लामिछाने ७ रनमा आउट भए। 

आरिफ सेख, कमलसिंह ऐरी र सागर ढकालले खाता नै खोल्न सकेनन। यूएईका बासिल अहमदले ४ तथा जनिद सिद्दकीले ३ विकेट लिए। यस्तै जाहिर खान र रोहन मुस्तफाले १–१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको यूएईले ४६.३ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो। उसका चुन्दनजापोइल रिजवान र रोहन मुस्तफाले समान ४०–४० रन जोडे। 

यस्तै मोहम्मद वासिमले २१, कासिफ दाउदले १८, वासिल अहदमले १४ र अहमद राजाले १३ रन जोडे। 

नेपालका सोमपाल कामीले ४ तथा करण केसीले ३ विकेट लिए। यस्तै सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले १–१ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .